प्रधुमन साह विद्यालय व्यवस्थापन समिति अध्यक्षमा सर्वसम्मत चयन

फेटा गाउँपालिका वडा नं. ७ अन्तर्गत टोल गमहरियामा अवस्थित श्री ने.रा. मा.वि.को विद्यालय व्यवस्थापन समिति अध्यक्ष पदमा श्री प्रधुमन साह सर्वसम्मत रूपमा चयन हुनुभएको छ।


फेटा गाउँपालिकाका अध्यक्ष रुस्तम अन्सारीको अध्यक्षतामा सम्पन्न विद्यालय व्यवस्थापन समिति गठन तथा चयनसम्बन्धी बैठकले साहलाई अध्यक्ष पदमा सर्वसम्मत रूपमा चयन गरेको हो। उक्त बैठकमा फेटा गा.पा उपाध्यक्ष निलम साह, प्रशसकिय अधिकृत राकेश ओझा र शिक्षा शाखा प्रमुख अन्सारुल अन्सारी, फेटा गा.पा. वार्ड न३अध्यक्ष प्रहलाद साह ,फेटा वडा नं. ७ का युवा तथा भरभलाद्मी, अभिभावक, जनप्रतिनिधि र युवा समाजसेवी  सदाम अन्सारी  तथा विभिन्न सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।


अध्यक्षमा चयन भएपछि प्रधुमन साहले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, भौतिक पूर्वाधार विकास तथा विद्यार्थीमैत्री वातावरण निर्माणलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले शिक्षक, अभिभावक र समुदायबीच प्रभावकारी सहकार्य गर्दै विद्यार्थीहरूलाई उत्कृष्ट नतिजा हासिल गराउने वातावरण सिर्जना गर्ने लक्ष्य रहेको पनि बताउनुभयो।
कार्यक्रममा फेटा गाउँपालिकाका अध्यक्ष रुस्तम अन्सारीले नवनिर्वाचित विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रधुमन साहलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै विद्यालयको समग्र उन्नतिका लागि गाउँपालिका तथा सबै सरोकारवालाको सक्रिय सहयोग रहने विश्वास व्यक्त गर्नुभयो।

 

Comments (0)
Add Comment