काठमाडौँ । काठमाडौँमा प्रहरी बनेर ठगी गरेको आरोपमा २ जना पक्राउ परेका छन् । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले गोकर्णेश्वर नगरपालिका ६ बाट उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा काभ्रेपलान्चोक जिल्लाको नमोबुद्ध नगरपालिका ५ घर भई काठमाडौँको गोकर्णेश्वर बस्ने ३७ वर्षीय बाबु लामा र दोलखाको मेलुङ गाउँपालिका ६ घर भई काठमाडौँ महानगरपालिका ६ बस्ने ३४ वर्षीय प्रकाश तामाङ रहेका छन् ।
उनीहरुले काठमाडौँका विभिन्न औषधी पसलहरूमा गई लागू औषध ब्युरोबाट खटि आएका प्रहरी हौँ भनी पसलको खानतलासी गरेको र धम्क्याउने गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरूमाथि ६ दिनको म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडाैँले जनाएको छ ।