कलैया,२० पुस । अगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागी बारा जिल्ला अदालतका जिल्ला न्यायाधीश प्रकाश कुमार अधिकारी बाराको मुख्य निर्वाचन अधिकृतमा नियुक्त भएका छन्।
त्यस्तै क्षेत्र नम्बर १ मा जिल्ला सरकारी वकिल कार्यालय बाराका जिल्ला न्यायाधिवक्ता शम्भु कुमार बस्नेत, क्षेत्र नम्बर २ मा सर्वोच्च अदालतका उपरजिस्ट्रार किरण कुमार सिंह, ४ मा सर्वोच्च अदालतका इजलास अधिकृत गम्भीर घिमिरेलाई निर्वाचन अधिकृतको रुपमा नियुक्त गरी आइतबार निर्वाचन आयोगले सार्वजनिक गरेको हो। आयोगका अनुसार अधिकारीलाई क्षेत्र नम्बर ३ सहित मुख्य निर्वाचन अधिकृतको रुपमा नियुक्त गरेको हो।
निर्वाचन आयोगले पुस २५ गतेदेखि लागू हुने गरि प्रतिनिधिसभा सदस्य निर्वाचन एन २०७४ को दफा ८ बमोजिम न्याय परिषदको परामर्शमा ७७ जना जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत र न्याय सेवा आयोगको परामर्शमा ८८ जना न्याय सेवाका राजपत्रांकित दितिय श्रेणीका अधिकृतलाई निर्वाचन अधिकृतमा नियुक्त गरिएको आयोगका सह-सचिव एवम् प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिएका छन् ।
उनका अनुसार नियुक्ति भाएका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरुले माघ २ गतेदेखि मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरि निर्वाचनका कार्यक्रमहरु संचालन गर्ने छन् ।