स्रोत नखुलेको १० लाख २ हजार १० रुपैयाँसहित तीन जना पक्राउ

पर्सा जिल्लामा स्रोत नखुलेको ठूलो परिमाणको नगद रकमसहित तीन जना व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार मिति २०८२ साल पुस १८ गते दिउँसो करिब १ बजे, जगरनाथपुर गाउँपालिका–३ गडेया टोल क्षेत्रमा प्राप्त विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पटेर्वा सुगौली र प्रहरी चौकी पाण्डेपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको एक मोटरसाइकललाई चेकजाँच गरेको थियो।

प्रहरी निरीक्षक वसीम राजाको कमाण्डमा सादा पोसाकमा खटिएको प्रहरी टोलीले ना १६ प ३०२० नम्बरको NXG स्प्लेन्डर मोटरसाइकल रोकी जाँच गर्दा मोटरसाइकल चालक सखुवा प्रसौनी गाउँपालिका–४ देवरवाना निवासी पारस साहका छोरा अन्दाजी २० वर्षीय पवन साहको शरीरको ढाडतर्फ लुकाइछिपाई राखिएको नेपाली रुपैयाँ ७ लाख ५० हजार नगद बरामद गरिएको प्रहरीले जनाएको छ।

त्यसैगरी, मोटरसाइकलमा सवार ईकराहिम मियाँ अन्सारीका छोरा अन्दाजी ३० वर्षीय मुस्ताक अन्सारीको शरीरबाट नेपाली रुपैयाँ २ लाख ५२ हजार १० रुपैयाँ फेला परेको छ। मोटरसाइकलको पछाडि सवार राजेश्वर पासवानका छोरा अन्दाजी १९ वर्षीय राम पुकार पासवानको शरीरबाट भने कुनै नगद रकम फेला नपरेको प्रहरीको भनाइ छ।

बरामद गरिएको नगद रकमको वैध स्रोत खुलाउन नसकेपछि प्रहरीले उक्त रकमलाई स्रोत नखुलेको ठहर गर्दै कुल नेपाली रुपैयाँ १० लाख २ हजार १० रुपैयाँ नगद, प्रयोग गरिएको मोटरसाइकलसहित तीनै जनालाई नियन्त्रणमा लिएको जनाएको छ।

पक्राउ परेका व्यक्तिहरू, बरामद नगद रकम र मोटरसाइकललाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सा पठाइएको प्रहरीले जानकारी दिएको

Comments (0)
Add Comment