सरस्वती पूजनको अवसरमा चिल्ड्रेन मन्टेश्वरी ई. स्कूलद्वारा भव्य सांस्कृतिक कार्यक्रम सम्पन्न

प्रसैनी बारा:चिल्ड्रेन मन्टेश्वरी ई. स्कूलको आयोजनामा प्रसैनी गाउँपालिका वडा नं. ६, टोल बेलहियामा सरस्वती पूजनको पावन अवसरमा आयोजित सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रममा विद्यालयका विद्यार्थीहरूले विविध नृत्य तथा सांस्कृतिक प्रस्तुति प्रस्तुत गर्दै आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए। विद्यार्थीहरूको उत्साहपूर्ण सहभागिताले कार्यक्रममा थप रौनक ल्याएको थियो।
सांस्कृतिक कार्यक्रमको अध्यक्षता विद्यालयका प्रधानाध्यापक श्रीलाल साहले गरेका थिए भने प्रमुख अतिथिका रूपमा प्रसैनी गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष बृजकिशोर कुश्वाहा उपस्थित थिए। विशेष अतिथिका रूपमा कृषि तथा सहकारी विज्ञ सञ्जय कुश्वाहा सहभागी थिए। साथै कार्यक्रममा शिक्षक, समाजसेवी, पत्रकार तथा शिक्षा विकासप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।


सरस्वती पूजनको अवसरमा आयोजना गरिएको उक्त कार्यक्रमले विद्यार्थीहरूमा सांस्कृतिक अध्ययनप्रति रुचि बढाउनुका साथै आत्मविश्वास र सिर्जनात्मक क्षमता अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको सहभागीहरूको भनाइ थियो।
कार्यक्रमको अन्त्यमा विद्यालयका प्रधानाध्यापक श्रीलाल साहले सांस्कृतिक प्रस्तुतिमा सहभागी विद्यार्थीहरूलाई मेडल वितरण गर्दै उनीहरूको मेहनत र प्रतिभाको प्रशंसा गरेका थिए।

Comments (0)
Add Comment