कलैया – बाराको सदरमुकाम कलैया स्थित रहेको अस्थायी ट्राफिक प्रहरी पोस्टका प्रहरी प्रमुख प्रहरी सहायक निरीक्षक प्रीन्स नन्दन यादव र त्यहाँका कर्मचारीहरूको रवैयाले स्थानीय मात्र नभइ पर्यटकहरू समेत आजित बन्दै गएको गुनासोहरू सार्वजनिक हुन थालेको छ । ट्राफिक प्रहरी कार्यालय अगाडी चेकजाँचको नाममा गरिने लूटतन्त्रका कारण स्थानीय मात्र नभइ पर्यटकहरूको समेत गुनासोहरू बढ्दै गएको हो ।
ट्राफिक प्रहरी कलैयाले चेकजाँचको नाममा प्रति दिन केही सवारी साधन चालकहरूलाई फाइन काटने र बढीमात्राको सवारी साधन सँग खुल्याम आर्थिक लेनदेन गर्नुले ट्राफिक प्रहरीको आचरण माथी नै प्रश्न चिन्ह खडा गरेको छ । ट्राफिक प्रहरी आफ्नो पेशा प्रति इमान्दार हुनुको सट्टा स्वार्थ मै सिमित भए पश्चात् खुल्याम घुसखोरी हुन थालिएको बताइन्छ ।
त्यति मात्र नभइ जिल्ला ट्राफिक प्रहरी कार्यालय निजगढले समेत कलैया क्षेत्रमा गरिएको मनोमानीको बिषयमा मौन धारण गरेकै कारण आर्थिक तान्डवमा पल्केको हुन सक्ने स्थानीयहरूले आकल्न गरेका छन । स्थानीयहरूका अनुसार बिहानदेखी बेलुका करिब ९ बजेसम्म ट्राफिक प्रहरीले चेकजाँच गर्ने गरेका हुन्छन । बिहान बिहान विश्व प्रख्यात गढिमाइ मन्दिर दर्शन गर्न आउने दर्शनार्थीहरूलाई समेत चेकजाँचको नाममा रकम असुल गर्ने गरिन्छ । कुनै न कुनै बहानामा दर्शनार्थीहरू सँग जबरजस्ती रकम असुल गरेको देख्दा आफै पीडा महसुस हुने गरेको स्थानीय बताउछन ।
यता एक जना ट्राफिक प्रहरी श्रोतका अनुसार ट्राफिक प्रहरी सहायक निरीक्षक प्रिन्स नन्दन यादवले टेण्डर झै चेकजाँच लाई प्राथमिक्ता दिएको आरोप लगाए । उनका अनुसार प्रति दिन फाइन काटेको बाहेक १० हजार रकम दिनै पर्ने प्रहरीलाई दवाब दिए पश्चात् बाध्यताबस रकम असुल हुने गरेको बताए ।
यता यस बिषयमा जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख ट्राफिक प्रहरी निरीक्षक सँग प्रतिक्रिया बुझन खोज्दा सम्पर्कमा आउन चाहेन्न । अब यस बिषयमा मधेस प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाले ध्यान पुर्याउने हो कि होई? चासोको बिषय देखिएको छ।