वीरगञ्ज, २६ कार्तिक
वीरगञ्ज महानगरपालिका वडा नम्बर २र १६ मा जसपा–एमाले गठबन्धनको पर्सा क्षेत्र नं १(ख)को जसपाबाट प्रदेशसभा सदस्य उम्मेदवार मुख्यमन्त्री मोहमद लालबाबु राउत गद्दीले मतदाताहरु संग भेटघाट गरेका छन्। मधेश र मधेशका जनताको पहिचान, अधिकार र आत्मसम्मान जसपाकै कारण प्राप्त भएको भन्दै उनले भने, ‘नागरिकता लगायत केहि मुद्धा अझै सम्बोधन हुन बाँकी छन्, ती पुरा गराउन फेरि जसपाले अवसर पाउनुपर्छ ।’
वीरगञ्ज महानगरपालिका वडा नं १६ र २ का मतदाताहरु सँगको भेटघाटको क्रममा मा प्रदेशसभा सदस्य उम्मेदवार मुख्यमन्त्री मोहमद लालबाबु राउत गद्दी प्रति जनसमर्थन बढदै गएको र आउने दिनमा मुख्यमन्त्रीको नै जित हुने स्थानीय जनताहरुले विश्वास दिलाए ।
विकास र जनताको सेवा नै आफ्नो मूल एजेन्डा विगतमा पनि रहेको र आगामी दिनमा पनि रहने गद्दीले जनतासँग प्रतिबद्धता जनाए । चुनावी भेटघाटमा कार्यक्रममा जसपा र एमालेका नेता कार्यकर्ताहरुको उल्लेख्य सहभागीता रहेको थियो । जसपाका बीरगंज महानगर युवा नेता ईश्वचन्द्र यादवले बताए ।