सिम्रौनगढ नगरपालिकाको १० औ नगरसभा शान्तिपुर्ण रुपले सम्पन्न
कलैया, ०८ आसाढ
बाराको सिम्रौनगढ नगरपालिकाको १० औ नगरसभा आईतबार शान्तिपुर्ण रुपले सम्पन्न भएको छ। उक्त नगरसभाबाट नगर उपप्रमुख नजमु शेहरले आर्थिक वर्ष २०८२/०८३ को लागि रु ६७ करोड ७१ लाख ३१ हजार ५८ रुपैयाको निति तथा कार्यक्रम सहित बजेट प्रस्तुत गरेकी छिन्।
“सुशासनयुक्त सक्षम एवं सबल स्थानीय सरकार, पूर्वाधार निर्माण, कृषि, पर्यटन र सशक्तिकरण सिम्रौनगढको आधार” भन्ने मूल नारासहित प्रस्तुत गरिएको बजेटले शिक्षा, संस्कृति, युवा तथा खेलकुद, स्वास्थ्य, कृषि, सामाजिक सुरक्षा र पूर्वाधार विकासलाई विशेष प्राथमिकता दिएको छ ।
प्रस्तुत निति तथा कार्यक्रमले नगरपालिकाको आय संकलनमा नेपाल सरकारबाट विभिन्न अनुदान शिर्षक अन्तर्गत ६७ करोड भन्दा बढी प्राप्त हुने अनुमान गरिएको छ ।
संघीय सरकारबाट समानिकरण अनुदान ११ करोड ३५ लाख ९८ हजार ५८ रुपैया ,सशर्त अनुदान चालु ३३ करोड ६३ लाख, सशर्त अनुदान समपुरक ८७ लाख, विषेश अनुदानमा पूंजिगत ६९ लाख, आन्तरीक राजश्व ३ करोड ९९ लाख ९२ हजार र गैर सरकारी संघ संस्थाबाट तथा दातृ निकायबाट २ करोड रुपैयाँ प्राप्त गर्ने उल्लेख गरिएको छ ।
त्यस्तै प्रदेश सरकारबाट विशेष अनुदान ३० लाख र प्रदेश सरकारकै समपुरक अनुदान २० लाख गरी ६७ करोड ७१ लाख ३१ हजार ५८ रुपैयाँ अनुदान प्राप्त हुने जानकारी गराईएको छ ।
नगरपालिका का नगर प्रमुख किशोरी साह कलावारको अध्यक्षतामा भएको नगर सभामा वडा अध्यक्ष,नगर कार्यपालिका सदस्य,कर्मचारी तथा सञ्चारकर्मीहरु लगायतको उपस्तिथि रहेको थियो । सो कार्यक्रमको संचालन प्रमुख प्रसासकिय अधिकृत मदन कुमार थापाले गरेका थिए ।