Modern technology gives us many things.

महागढ़िमाई नगरपालिकाले ९ औं नगरसभाबाट ८१ करोड ५८ लाख ७९ हजार ३ सय २१ रुपया बजेट प्रस्तुत गरेका छन्

महागढीमाई नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि कुल रु. ८१ करोड ५८ लाख ७९ हजार ३ सय २१ को बजेट सार्वजनिक गरेको छ। नगरपालिकाको सभाहलमा सम्पन्न नगरसभामा नगर प्रमुख उपेन्द्र प्रसाद यादवले सो बजेट प्रस्तुत गर्नुभएको हो।

बजेटको स्रोत:सार्वजनिक गरिएको बजेटमा संघीय सरकारबाट प्राप्त हुने समानीकरण अनुदान रु. १४ करोड ७ लाख, सशर्त अनुदान (चालु) रु. २५ करोड ३७ लाख, सशर्त अनुदान (पुँजीगत) रु. १५ करोड ५४ लाख, विशेष अनुदान रु. १ करोड ६५ लाख, संघीय सम्पूरक अनुदान रु. ८७ लाख, र संघीय राजस्व बाँडफाँड रु. ११ करोड ४४ लाख रहेको छ।

त्यस्तै, प्रदेश सरकारबाट प्राप्त हुने समानीकरण अनुदान रु. ९९ लाख ९५ हजार, प्रदेश सशर्त अनुदान रु. ९५ लाख, प्रदेश विशेष अनुदान रु. ३० लाख, प्रदेश सम्पूरक अनुदान रु. २० लाख, राजस्व बाँडफाँडबाट रु. ६९ लाख ८४ हजार ३ सय २० र नगरपालिकाको आन्तरिक स्रोत रु. ९ करोड ५० लाख गरी कुल आय अनुमान गरिएको छ।

प्राथमिकताका क्षेत्र र प्रमुख योजनाहरूमेयर यादवले आगामी आर्थिक वर्षमा शिक्षा, स्वास्थ्य, यातायात, कृषि, पर्यटन, वातावरण, सांस्कृतिक, धार्मिक, आर्थिक विकाससँगै रोजगारीका अवसर प्रदान गर्ने लगायतका क्षेत्रमा विशेष योजना ल्याउने बताएका छन्। उहाँले विद्यार्थी प्रोत्साहन, प्राविधिक शिक्षा, निःशुल्क एम्बुलेन्स सेवा, निःशुल्क कृषि विद्युत महसुल, निष्पक्ष न्याय, सुशासन र सरसफाइजस्ता कार्यक्रमहरूलाई तीव्रताका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।

नगरपालिकालाई कृषिमा आत्मनिर्भर बनाउने, स्वच्छ र सुन्दर पालिका निर्माण गर्ने, सुशासनमा जोड दिने र धार्मिक पर्यटनको महत्वपूर्ण गन्तव्यका रूपमा विकास गर्ने मेयर यादवको लक्ष्य छ। उनले प्रत्येक वर्ष सीपमूलक तालिम र अनुदान उपलब्ध गराई सयौं युवाहरूलाई स्वरोजगार बनाउने योजना पनि सार्वजनिक गरे।

ढिलाइको कारण र आगामी प्रतिबद्धता:

नगर प्रमुख यादवले केही राजनीतिक दल र स्वार्थमा लिप्त अराजक व्यक्तिहरूका कारण नगरसभा ढिलो भएको र यसको सत्यता नगरवासी समक्ष उजागर हुँदै जाने बताए। कर्मचारीको तलब र सामाजिक सुरक्षा भत्ता वितरणमा भएको ढिलाइ दुःखद भएको भन्दै यसका लागि सबै कार्यपालिका जिम्मेवार रहेको र अब उप्रान्त यस्तो नहुने प्रतिबद्धता व्यक्त गरे।

प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण साहले स्वागत मन्तव्य व्यक्त गर्दै नगरसभाले पारित गरेका नीति तथा कार्यक्रमहरूलाई द्रुत गतिमा सम्पन्न गरी पालिकाको विकासमा सबै कर्मचारी लाग्ने प्रतिबद्धता व्यक्त गरे।

नगरसभामा नगर उपप्रमुख तारा देवी कानू, विभिन्न वडाका अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, नगरसभा सदस्यहरू, विभिन्न शाखाका प्रमुखहरू, पत्रकार तथा स्थानीय राजनीतिक दलका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन शिक्षा शाखाका रामविश्वास चौरसियाले गरेका थिए।

Leave A Reply

Your email address will not be published.