Modern technology gives us many things.

प्रधानमन्त्रीको ठोरी यात्रा रद्द, स्थानीयबासी निराश

मधेस प्रदेशको ऐतिहासिक र पर्यटकीय क्षेत्र ठोरीका बासिन्दाले प्रतीक्षा गरेको प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमण अन्तिम घडीमा स्थगित भएको छ। साउन ९ गतेका लागि तय गरिएको यो भ्रमण विभिन्न राजनीतिक कारणले रद्द गरिएको पुष्टि गरिएको हो।

प्रधानमन्त्री ओलीले ‘निर्मलबस्ती खानेपानी आयोजना’ को उद्घाटन गर्दै ठोरीको पूर्वाधार विकास र पर्यटन प्रवर्द्धनलाई सघाउने उद्देश्य राखेका थिए। तर एमालेको नवौं केन्द्रीय समिति बैठक र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिक सक्रियता सम्बन्धी बहसमा ओली व्यस्त भएपछि भ्रमण तत्कालका लागि स्थगित गरिएको जनाइएको छ।

ठोरी गाउँपालिका–२ को राइधारा परिसरमा स्वागत कार्यक्रमसहित विविध तयारी गरिएको थियो। स्थानीय सरकार, एमाले संगठन र सर्वसाधारणले भ्रमणलाई स्वागत गर्न पूर्ण तयारी गरिसकेका थिए। तर अन्तिम समयमा भ्रमण रद्द हुँदा ती सबै प्रयास व्यर्थ भएका छन्।

गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठ ले भ्रमण स्थगन भएको पुष्टि गर्दै यसप्रति गहिरो निराशा व्यक्त गरे। “प्रधानमन्त्रीको आगमनले ठोरीको महत्व बढ्ने, संघीय सरकारको ध्यान आकृष्ट हुने अपेक्षा थियो,” उनले बताए।

स्थानीय नागरिकहरूका अनुसार, यस्तो उच्चस्तरीय भ्रमणले दुर्गम ठोरी क्षेत्रको पहिचान र आवश्यकतालाई राजधानीसम्म पुर्‍याउने अवसर दिन्थ्यो। भ्रमण रद्द भएपछि उनीहरूमा “सरकारले हाम्रो चिन्ता गर्दैन” भन्ने भावना बढेको देखिन्छ।

Leave A Reply

Your email address will not be published.