Modern technology gives us many things.

सशस्त्र प्रहरीका एसपी भट्ट र निरीक्षक खड्काद्वारा मानवसेवा आश्रमको भ्रमण

वीरगंज, साउन २० :सशस्त्र प्रहरी बल नेपाल, नं. १३ गण हेडक्वाटर पर्साका उपरीक्षक (एसपी) पुरन चन्द भट्ट र सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्र राज खड्काले वीरगंजस्थित मानवसेवा आश्रमको भ्रमण गरेका छन्।

उनीहरूले आश्रममा आश्रय लिएका वृद्धवृद्धाहरूसँग आत्मीय भेटघाट गर्दै बिहानको भोजन समेत खुवाएका थिए। सामाजिक उत्तरदायित्वअन्तर्गत गरिएको उक्त सेवामूलक कार्यक्रममा एसपी भट्ट र निरीक्षक खड्काले वृद्धवृद्धासँग संवाद गर्दै आत्मीयता प्रकट गरे।

भ्रमणका क्रममा दुवै अधिकारीले भविष्यमा व्यक्तिगत तथा संस्थागत रूपमा आश्रमलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

कार्यक्रममा मानवसेवा आश्रम वीरगंजका संस्थापक सदस्यहरू देवेश गुप्ता, ओम कुमार झा, मुना मगर पुलामी र प्रदुमन सर्राफको समेत उपस्थिति रहेको थियो।

उक्त सेवामूलक क्रियाकलापले समाजमा सकारात्मक सन्देश फैलाएको आश्रमका सदस्यहरूले बताएका छन्।

Leave A Reply

Your email address will not be published.