ने.बि. संघ केन्द्रीय सदस्य राजकिशोर साहलाई पितृ शोक
बारा । नेपाली कांग्रेसका भातृ संगठन नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्य राजकिशोर साहलाई पितृ शोक परेको छ । उनका पिता बिध्यालाल प्रसाद साहको फेटा गाउँपालिका वडा नं. ७ आफ्नै निवासमा ४६ वर्षको उमेरमा निधन भएको हो ।
autoimmune inflistic समस्या खेप्दै आएका साह आइतबार साँझ नियमित खाना खाएर सुतेका थिए । उनको पार्थिव शरीरलाई गाउँको नजिक रहेको आर्यघाटमा दाहसंस्कार गरिएको उनका छोरा युवा नेता साहले जानकारी दिए ।
स्व.बिध्यालाल प्रसाद साहप्रति श्रद्धाञ्जली ब्यक्त गर्न नेता तथा कार्यकर्ता लगायत गाउँबासीहरू आर्यघाट पुगेका थिए ।